बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

धनगढी । बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यही मङ्सिर ४ गते  हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज बिहीबार बझाङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

कार्यालय स्थापना सँगै स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरूले सहयोग, सहकार्य, समन्वय गर्ने अपेक्षा एवं विश्वास मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।