सुदूरपश्चिम प्रदेशमा अझै एक हप्ता सम्म वर्षा हुने सम्भावना

सुदूरपश्चिम प्रदेशमा अझै एक हप्ता सम्म वर्षा हुने सम्भावना

धनगढी । सुदूरपश्चिम प्रदेशमा अझै एक हप्तासम्म वर्षाको सम्भावना रहेको छ । बुधवार रातिदेखि लगातार वर्षा भइरहेको वर्षा एक हप्ता लम्बिने भएको हो । 

सुदूरपश्चिम प्रदेशका विभिन्न भू-भागहरूमा भइरहेको वर्षा अझै मध्यमदेखि भारी रूपमा एक हप्तासम्म हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

सुदूरपश्चिम प्रदेशभर दसैँको समयमा मनसुन प्रणाली सक्रिय रहेकाले गत वर्ष झैँ यो वर्ष पनि प्रदेशमा पहाडी तथा तराई भू-भागहरूमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको छ । 

बिहीबार रातिदेखीको वर्षाले कैलालीमा भने अहिलेसम्म कुनै क्षति भएको छैन । यद्धपी सबैमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।