दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतको भवनमा बिहीबार स्थापना गरिएको हो । 

कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश खेमराज भट्टका साथै प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्याय र चार वटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै निर्वाचन कार्यक्रमको सूचि समेत प्रकाशन गरिएको छ । यसले निर्वाचन कार्य तालिका अनुसार निर्वाचनका सम्पूर्ण कामअघि बढाउने छ भने निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको विषयमा समेत अनुगमन गर्नेछ ।