कैलालीमा प्रहरीलाई कुटेको आरोपमा तीन जना पक्राउ

कैलालीमा प्रहरीलाई कुटेको आरोपमा तीन जना पक्राउ

धनगढी । कैलालीको जानकी गाउँपालिकामा प्रहरीलाई कुटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला स्थित टीकापुर इलाका प्रहरीले दुई सुरक्षाकर्मी कुटेको आरोपमा जानकी गाउँपालिका वडा नम्बर ३ का तीन जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा लक्ष्मण चौधरी, आशाराम चौधरी र राम चौधरी रहेका छन् । उनीहरूलाई बिहीबार राती घरघरबाट पक्राउ गरिएको हो । 

स्थानीयका अनुसार प्रहरीलाई कता कसले कुट्यो थाहा छैन तर दशैको कार्यक्रम रातीसम्म गरेर प्रहरी कुटेको भन्दै तीन जनालाई पक्राउ गरिएको छ । 

लायकपुर शिविरमा दसैँ सम्बन्धी कार्यक्रम थियो, त्यहाँ कुनै झगडा भएन तर सञ्चालक लक्ष्मण सहितका कार्यक्रमका आयोजकलाई पक्राउ गरिएको स्थानीयको भनाइ छ । टीकापुर इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम शाहीले भने प्रहरी अनुसन्धान गरिरहेकोले कोही निर्दोष भए छुट्ने बताए । 

टीकापुर सहितको वरपरको क्षेत्र संवेदनशील भएकोले दशैका कार्यक्रम गर्दा अनुमति लिनु पर्ने प्रहरीको भनाई छ ।