बैतडीको पुर्चौडी ८ का अध्यक्षले काँग्रेसीभन्दै सर्वसाधारणलाई कुटेको आरोप

बैतडीको पुर्चौडी ८ का अध्यक्षले काँग्रेसीभन्दै सर्वसाधारणलाई कुटेको आरोप

बैतडी -  बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष वीरबहादुर बोहराले सर्वसाधारणलाई कुटेको आरोप लागेको छ । स्थानीय वीरबहादुर बमलाई मल्लादेहीको डिलासैनी मन्दिरमा लागेको मेला हेरेर घर फर्कदा अध्यक्ष वोहराले कुटपिट गरेको आरोप लगोको हो ।

वडा नम्बर ८ कै भुलखेतमा रहेको रहेको अध्यक्ष वोहराको पसल अगाडि स्थानीय देवेन्द्र कुँवर र केसब विष्ट बिचको झगडा छुट्याउन गएका बमलाई अध्यक्ष वोहराले कुटेको पीडितले बताएका छन । अध्यक्षले तिमी काँग्रेसी मेरो पसलमा किन आयौँ भनेर सात महिना अगाडि टुटेर अप्रेसन गरेको खुट्टैखुट्टामा लठ्ठी भाँचिञ्जेलसम्म हानेको उनले बताए ।

आफुलाई बिनागल्ती कुटेको उनको आरोप छ । तर वडा अध्यक्ष बोहराले भने कुटपिट नगरेको बताएका छन्। पिडीत बमले अहिले आफू प्रहरी चौकीमा रहेको तर वडा अध्यक्षले प्रहरी सम्पर्कमा आउँन आनाकानी गरेको बताएका छन्।

तर वडा अध्यक्षले घरभन्दा टाढा भएकाले प्रहरीको सम्पर्कमा जान नसकेको बताए। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ । वडा अध्यक्ष बोहरा गएको  स्थानीयतहको  निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।