यी फूल हुन् कि चरा ?

यी फूल हुन् कि चरा ?

प्रकृति अजीव छ। कहिले डगमगाउँदै मानवजगतलाई यसले विचलित बनाउँछ त कहिले आफ्ना अनेक रंग देखाएर मान्छेहरूलाई मक्ख पार्छ।

बढ्दो तापक्रमसँगै बसन्त ऋतुले आफ्नो रङ देखाउन थालेको छ। यी फोटोहरू चीनको राजधानी बेइजिङस्थित एक पार्कमा खिचिएका हुन्। चाइना ग्लोबल टेलिभिजन नेटवर्कले पोस्ट गरेका यी फोटो त्यही पार्कमा फुलेका फूलका हुन्।

तर फोटो झट्ट हेर्दा यी फूल नभइ साना गुलाबी चराका बचेरा रुखको हाँगामा आराम गर्दै गरेका हुन् कि जस्ता पनि देखिन्छन्।

मग्नोलिया नामको यो फूलले आफ्नो अनुपम रुपका कारण धेरैलाई आकर्षित गरेको छ।