आजको मौसम: सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा

आजको मौसम: सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तिर कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। “देशभर पानी परेको छ, मौसममा बदली भएको छ, पश्चिममा भारी वर्षा भइरहेको छ”, मामैसम विद हरु ले भन्नुभयो, “पूर्वमा शनिबार बिहानसम्म पानी पर्छ, दिउँसोदेखि विस्तारै आकास खुल्दै जान्छ, पश्चिममा आइतबारदेखि मौसम विस्तारै खुल्दै जानेछ ।”लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको संभावना रहेको छ ।