लगातारको बर्षाले रैकाटोल डुबानमा

लगातारको बर्षाले रैकाटोल डुबानमा

 धनगढी / बुधबारदेखि लगातार परिरहेको बर्षाले धनगढी उपमहानगरपालिका २ रैका टोल डुबानमा परेको छ । पानी बग्ने नालीको उचित व्यवस्था नहुदा विगत ५ वर्षदेखि बर्षेानी रैकाटोलमा बर्षायाममा डुवानको समस्या हुदै आएको छ । 


अहिले रैका टोलमा १०र१२ घर परिवार डुवानमा परेका छन् । एकातिर पानी बग्ने नाली नै छैन् भएको अर्काे नाली पनि सफाइ नहुदा रैकाटोलबासी बर्षेनी डुवानको समस्या झेल्दै आएका छन् । डुवान समस्या समाधानकालागि धनगढी उपमहानगरपालिका २ का वडा अध्यक्ष्य धर्मराज जोशीलाई आग्रह गरेपनि समस्या समाधानमा खुनै चाँसो नदेखाएको स्थानिय उसा किरणले बताइन्। उनले भनिनर््  डुबानको बारेमा वडा अध्यक्ष्य धर्मराज जोशीलाई जानकारी गरायौं उहाँले डुबान क्षेत्र अवलोकन गर्न आउनुभयो तर समाधानमा कुनै चाँसो देखाउनु भएन, उहाले अहिले यो यस्तै हुनेहो भनेर जानुभोै । पहिलेको स्थानिय सरकारलाई पनि डुवानको समस्या समाधानकालागि पटक पटक आग्रह ग¥यो तर न पहिलेको सरकारले हाम्रो समस्या सुन्यो न त अहिलेको सरकारले नै वास्ता गरेको छ । 


अहिले रैका टोलबासीलाई घरमा पानी पस्दा निकै समस्या भएको छ ।  घरमा रहेको चर्पीमा पानी पस्दा सौच गर्ने बाहिर जानुपर्नै बाध्यता छ भने खानेपानी टाढाबाट बोक्नु परेको छ । हरेक बर्ष डुवानको समस्या दोहोरिनाले उक्त टोलका २ घर परिवार बर्षायाममा विगत ३ बर्षदेखि आफन्तको घरमा सरण लिएर बस्दै आएका छन् । तीनदिन देखिको लगातारको बर्षाले डुबानमा परेका रैकाटोलबासी अझै एक हप्ता सम्म मनसुन सक्रिय रहने खबरले आफूहरु पुरै टोल नै बिस्थापित हुनुपर्ने अवस्था आएको बताएका छन् ।