१०० बर्षिया भागरथी खत्री सहित ८ सय ९२ जना शिविरमा सहभागी

१०० बर्षिया  भागरथी खत्री सहित ८ सय ९२ जना शिविरमा सहभागी

बैतडीको पाटनमा सञ्चालन भएको तिन दिने बृहत स्वास्थ्य शिविरमा सेवा लिने मानिसहरुको भिड बढ्दै गएको छ । बैतडी समाजको आयोजनामा सञ्चालन भईरहेको शिविरमा शुक्रबार सम्म एक हजार छ सय भन्दा बढी मानिसहरुले सेवा लिएका छन । शुक्रबार पनि एक सय बर्षिया हजुर आमा भागरथी खत्री सहित ८ सय ९२ जनाले स्वास्थ्य जाँच गराएको आयोजकले जानकारी दिएको छ ।