करीना कपूर सानो पर्दामा देखिंदै

करीना कपूर सानो पर्दामा देखिंदै

 बलिउड नायिका करीना कपूर सानो पर्दामा आउने चर्चा व्यापक बनेको छ ।

अहिलेसम्म सानो पर्दामा पाइला नहालेकी सुपरस्टार करीनाले नायक सलमान खान, आमिर खान, शाहरुख खान, अभिताभ बच्चन, शिल्पा शेट्टी, माधुरी दिक्षित लगायतका स्टारकै पद चिन्ह पछ्याउने सम्भावना बढेको बताइन्छ ।

नायक सैफ अली खान सँग विवाह पश्चात पनि बलिउडमा उत्तिकै व्यस्त रहेकी यि चर्चित नायिकालाई डान्स रियालिटी शो को निर्णायकको भुमिकामा काम गर्न आकर्षक अफर दिइएको छ ।

सानो पर्दामा आफ्नो फिल्म प्रबद्र्धन गर्न मात्र पुगेकी करीना कुनै कार्यक्रममा आबद्ध भएमा करीनाकै नामले पनि शो चल्ने बताइन्छ ।

यस सम्बन्धमा करीना र शो का व्यवस्थापक बिच दुई पटक कुराकानी भइसकेको खबर बाहिरिएको छ ।

रियालिटी शो का व्यवस्थापन टोली करीनालाई शो मा ल्याउन आतुर भएपनि करीनाको तर्फबाट पक्का हुन बाँकि रहेको बताइएको छ । उनले उक्त प्रस्ताव स्वीकार गरेमा सानो पर्दामा सबैभन्दा महँगो कलाकार बन्ने खबर भारतीय मिडियाहरुमा आइरहेको छ ।

हालै करीनाले आफ्नो फिल्म ‘गुड न्यूज’ को शुटिङ सकेकी छिन् । उक्त फिल्म अब पोष्ट प्रोडक्सनमा गएको र आगामी सेप्टेम्बर ७ मा रिलिज हुने बताइन्छ ।