यी हुन् सुदूरपश्चिममा माओवादी केन्द्रका उम्मेदवार (सूचीसहित)

यी हुन् सुदूरपश्चिममा माओवादी केन्द्रका उम्मेदवार (सूचीसहित)

 माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका केही उम्मेदवारको टुंगो लगाएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ, जसमध्ये कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बढवालले टिकट करिवकरिव टुंगिएको छ ।

कैलाली ३ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् । बैतडीको उम्मेदवार टुंगिएको छैन भने कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुनेछिन् । 

प्रदेशसभातर्फ बाजुरा कमा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ख र अछाम २ कको उम्मेदवार टुंगो लागेको छैन ।

बझाङ खमा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीको टुंगिएको छैन । कैलाली ३ को खमा नन्दबहादुर साउदको सम्भावना छ । कैलाली ५ को कमा रमेश धामी उम्मेदवार हुने भएका छन् ।

दार्चुला ख मा मानबहादुर धामी र डडेलधुरा क मा खगराज भट्ट उम्मेदवार हुने छन् ।

कञ्चनपुर १ कमा कांग्रेसले पनि दाबी गरेका कारण उम्मेदवार टुंगिएको छैन भने २ को कमा टेकेन्द्र भट्टले टिकट पाउने छन् । कैलाली ३ को क र ख दुबैमा माओवादीको दाबी छ, तर भागवण्डा टुंगिएको छैन ।