काँग्रेस नेता क्षितिज भण्डारीले कैलालीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने

काँग्रेस नेता क्षितिज भण्डारीले कैलालीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने

धनगढी । नेपाली काँग्रेसका युवा नेता क्षितिज भण्डारीले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा सङ्घको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । उनले शनिवार आफ्नो सामाजिक सञ्जाल फेसबुक वालबाट ३० बर्से लामो नेपाली काँग्रेसको राजनीतिबाट विश्राम लिएर स्वतन्त्र हुने घोषणा गरेका हुन् । 

उनी नेपाली काँग्रेस कैलाली क्षेत्र नं। ५ बाट आकाङ्क्षी उम्मेदवारका रूपमा रहेका थिए । भने युवा नेता भण्डारीले यस अघि चुनावी घोषणापत्र समेत सार्वजनिक गरी समेका छन् । 

सङ्घ, समानुपातिक, प्रदेशको टिकट वितरण र गठबन्धनमा देखिएको जहानियाँ राणा शासन झैँ अन्यायको विरुद्ध  उभिँदै स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका उनले प्रतिनिधि सभा अथवा प्रदेश सभा केमा उम्मेदवारी दिने भन्ने विषयमा भने स्पष्ट पारेका छैनन् । 

उनले लेखेका छन्, "

शेरबहादुर देउवा देखि
आरजु राणा र प्रकाश देउवासम्म को सङ्घ, समानुपातिक, प्रदेशको टिकट वितरण र गठबन्धनमा देखिएको जहानियाँ राणा शासन झैँ अन्यायको विरुद्ध म साथीभाइ र अग्रजको सल्लाह बमोजिम  ३० बर्से लामो नेपाली काँग्रेसको राजनीतिबाट विश्राम लिएर स्वतन्त्र हुदैछु।
भोलि २३असोज कैलालीबाट मेरो स्वतन्त्र उम्मेदवारी दर्ता हुने जानकारी गराउदै ठुला दलभित्रको भ्रष्टाचार र नातावादले अन्यायमा पर्नु भएको सुदुरपश्चिम प्रदेशका सबै नेतानेत्री लाई भोलि स्वतन्त्र उम्मेदवारी दिएर बिद्रोह गरेर जनताको आशिर्वाद लिएर चुनाव जित्न आव्हान गर्दछौं । साथै गलत ब्यक्तीलाई जिताउने गरि समानुपातिकमा मत दुरुपयोग बारे सचेत हुन आग्रह गर्दछु"