लेखापाल बीसीद्धारा भ्रष्टाचार आरोपको खण्डन : झुठो मिडियाबाजी गरिएको भनाइ

लेखापाल बीसीद्धारा भ्रष्टाचार आरोपको खण्डन : झुठो मिडियाबाजी गरिएको भनाइ

कैलालीको जगदम्बिके भगवती माध्यामिक बिद्यालयमा कार्यरत लेखापाल गोबिन्द बीसीले आफूलाई लगाईएको भ्रष्टाचार आरोपको खण्डन गरेका छन् ।

जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर(३ खैरेनीमा रहेको उक्त बिद्यालयको लेखापालमा कार्यरत बीसीले ५ लाख रुपैयाँ भ्रष्टचार गरेको भन्दै केही सञ्चार गृहले समाचार सम्प्रेषण गरेका थिए । तर, बीसीले भने सामाजिक रूपमा आफ्नो चरित्र हत्या गर्ने र ब्यक्तिगत छबि माथि नै दाग लगाउने उदेश्यले सुनियोजित ढंगबाट यस्तो आरोप लागाईएको बताए ।

लम्कीमा रहेको एक सञ्चार गृहले गएको चैत्र २० गते यस बारेमा आफनो धारणा नबुझी एकपक्षीय ढंगबाट समाचार लेखेको भन्दै उनले दुख समेत ब्यक्त गरे । लेखापाल बीसीले बिद्यालयको हिसाबकिताबमा गर्दा पौषसम्मको अवधिमा नगद रकम देखिएको भएपनी आफनो कारणले बेरुजु नभएको उनले स्पष्ट पारे । 

कतिपय बिल, भर्पाइ र कागजात अपुग हुँदा तत्काल नगद देखिन सक्छ बीसीले भने(बिद्यालयमा आफूले काम थाल्नुभन्दा पहिला देखिकै हिसाब नमिलेको र बरबुजारथ समेत नभएको अवस्थामा सो रकमको जिम्मा कस्ले लिने रु भन्ने बिषयमा उचित ढंगबाट छलफल हुन नपाएकाले यसको टुंगो लाग्न नसकेको भन्दै बैठकको माईनुटमा जबरजस्ती आफूले तिर्नुपर्ने निर्णय गरिएको पनि उल्लेख गरे । 

साथै, उनले आफू कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्रपूर्वक बिद्यालयको प्रशासन मातहतमा रही कर्तव्यनिष्ठापूर्वक नियमित रूपमा कर्मचारीको काम गरिरहेको समेत दाबी गरे । यद्यपी, आफू केही सञ्चार गृहको रिपार्टर समेत भएकाले समाचार संकलनको लागि सामाजिक कार्यक्रममा जाने गरेको बताए ।

बिद्यालयको काम भन्दा राजनीति बढी गर्ने गरेको अभिभावकको आरोप भन्ने कुरा मनोगत, भ्रामक रूपमा मिडियाले बढाईचढाई गरेको उनले बताए ।

बिद्यालयको आर्थिक कोषबाट रकम दुरुपयोग भएमा छानबिन गरि ऐनकानुन बमोजिम कार्वाही, दण्डजरिवाना, सजाय, नसियत र स्पष्टीकरण गर्ने कार्य अधिकार सम्बन्धित निकाय जिल्ला शिक्षा र बि।ब्य।स। हुँदाहुँदै मिडियाले भ्रष्टाचारीको आरोप लगाउन र मिडियामा भ्रष्टाचारी भन्न नमिल्ने उनको तर्क रहेको छ ।