आजको तपाईको राशीफल

आजको तपाईको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साहसिकताबाट धनार्जन हुनसक्छ । साँझमा आँटेको कम बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथीको आगमन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यात्रामा मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्राको योग रहेको छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । घर व्यवहारमा फितलो आउन सक्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विश्वास गरेकाले साथ दिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । प्रेम सम्बन्ध कसिलो होला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । शुभ समाचार पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । मान प्रतिष्ठा पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथीको आगमन हुनेछ । आर्थिक कारोवारमा सफलता पाइएला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल