कांग्रेस नेता भण्डारीद्वारा कैलाली क्षेत्र नम्बर ५ को ख मा स्वतन्त्र उम्मेदवारी दर्ता

कांग्रेस नेता भण्डारीद्वारा कैलाली क्षेत्र नम्बर ५ को ख मा स्वतन्त्र उम्मेदवारी दर्ता

नेपाली कांग्रेस कैलालीका युवा नेता क्षितिज भण्डारीले कैलाली क्षेत्र नम्बर ५ को (ख) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। युवा नेता क्षितिज भण्डारीले निर्वाचन अधिकृतको कार्यालय धनगढीमा मा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि आजै भण्डारीले धनगढी-२ रामजानकी मन्दिरमा उम्मेदवारी दर्ता अघि भगवानको कसम खादै पुजाअर्चना गरेको बताएका छन् ।

यस अघि कैलाली–५ बाट प्रतिनिधि सभातर्फ पूर्वसांसद पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। ओझासँग कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्टले पनि मनोनयन दर्ता गराएकी छिन्।