विप्लव नेकपाको महाधिवेशन आजदेखि सुरु

विप्लव नेकपाको महाधिवेशन आजदेखि सुरु

 काठमाडौं  - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ ।काठमाडौँमा हुने भनिएको महाधिवेसनको मिति र स्थान परिवर्तन गर्दै नेकपाले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनको उद्घाटन नेकपाका महासचिव विप्लवले मध्यान्ह् १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।
तीन वर्षअघि शान्ति प्रक्रियामा आएका नेकपाको पार्टी विभाजन भएपछि पहिलो पटक नयाँ रणनीति तय गर्न महाधिवेशन हुन लागेको हो । महाधिवेशनले आगामी मङ्सिरमा हुने निर्वाचनका वारेमा धारणा सार्वजनिक गर्ने जनाइएको छ ।