विश्वकै महँगो डिभोर्स : जेफ–म्याकेन्जीबीच ३५ अर्ब डलर बराबरको सम्झौता

विश्वकै महँगो डिभोर्स : जेफ–म्याकेन्जीबीच ३५ अर्ब डलर बराबरको सम्झौता

अमेजन प्रमुख जेफ बेजोसले ३५ अर्ब डलर तिरेर पत्नी म्याकेन्जीसँग डिभोर्स गर्ने भएका छन् । तीन महिनाअघि अलगिने घोषणा गरेको विश्वकै धनी जोडीको विश्वकै महँगो डिभोर्स हुने त तय थियो, तर डिभोर्स रकमबारे सहमति भने बिहीबार जुटेको हो । योसँगै, साइबर कमर्सका किंग जेफ र साहित्यकार म्याकेन्जीको २५ वर्षे सहयात्रा अन्त हुने पक्का भएको छ । 

सहमतिअनुसार, जेफको अमेजनमा रहेकाे सेयरकाे २५ प्रतिशत म्याकेन्जीले पाउनेछिन् । याे अमेजनकाे कुल सेयरकाे ४ प्रतिशत हाे, र अमेजनकाे अहिलेकाे सेयर मूल्यका आधारमा कम्तीमा ३५ अर्ब डलरबराबर हो ।

म्याकेन्जीले आफ्नो हिस्साको सेयरको पनि भोटिङ राइट भने जेफलाई नै दिएकी छिन् । जेफकै स्वामित्वमा रहेको पत्रिका वासिंगटन पोस्ट र स्पेस ट्राभल फर्म ब्लु ओरिजिनलाई म्याकेन्जीले छाड्नेछिन् । सहमतिबारे ट्विट गर्दै म्याकेन्जीले लेखेकी छिन्–

View image on Twitter

View image on Twitter

MacKenzie Bezos@mackenziebezos

 

22.6K

10:55 PM - Apr 4, 2019

7,429 people are talking about this

Twitter Ads info and privacy

यी दुवैले ‘सँगै छँदा आफूहरुले महान् जिन्दगी जिएको’ बताएका छन् । डिभोर्सपछि जेफ विश्वको नम्बर एक धनी नरहन सक्छन् । म्याकेन्जी सम्भवत: विश्वकै तेस्री धनी महिला बन्नेछिन् ।  

यो सहमतिले यसअघि फ्रेन्च आर्ट डिलर अलेक वाइल्डेन्सटेन र उनकी पत्नी जोसेलिनको नाममा रहेको सबैभन्दा महँगो डिभोर्सको रेकर्ड तोडेको छ । सन् १९७८ मा जोडिएका अलेक र जोसेलिनबीच सन् १९९९ मा ३.८ अर्बको डिभोर्स सम्झौता भएको थियो । 

जेफ र म्याकेन्जीबीच २५ वर्षअघि कामको सिलसिलामा भेट भएको थियो । त्यतिखेर म्याकेन्जी एक इन्भेस्टमेन्ट फर्ममा रिसर्च एसोसिएटका रुपमा काम गर्न आएकी थिइन् । जेफले उनको इन्टरभ्यु लिएका थिए ।

भेटको तीन महिनामै उनीहरुले इन्गेजमेन्ट गरे । र, सन् १९९३ मा उनीहरुको बिहे भयो । उनीहरुका ४ सन्तान छन् । ३ छोरा जन्माएको यो जोडीले १ छोरी एडप्ट गरेको थियो ।