मसँग नसोधी टिकट दिने अध्यक्षको काम अन्यायपूर्ण छः डा. भीम रावल

मसँग नसोधी टिकट दिने अध्यक्षको काम अन्यायपूर्ण छः डा. भीम रावल

काठमाडाैँ । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले सुनियाेजित रूपमा उम्मेदवार बन्न नदिएकाे आराेप लगाएका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्ताे आराेप लगाएका हुन्। उनले भने, ‘मसँग नसोधी, पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिने अध्यक्षको काम स्वेच्छाचारी, अन्यायपूर्ण छ। मलाई सुनियोजित रूपमा उम्मेदवार नबन्ने भन्ने प्रचार गरियो। एकल सिफारिस हुँदा पनि मलाई षड्यन्त्र तवरले रोक्ने काम भयो।’

आफूलाई टिकट नदिएकाे कुरा जनता र कार्यकर्तालाई मन नपरेकाे नेता रावललकाे भनाइ छ। ‘मलाई हराउन नसक्ने भएपछि टिकट नै दिइएन। जुन कुरा जनता र कार्यकर्तालाई मन परेको छैन’, उनले भने।

मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई टिकट नदिएपछि नेता रावल पार्टीप्रति रुष्ट छन्।