जिल्ला स्तरीय फुटवल खेलाडी छनौट

जिल्ला स्तरीय फुटवल खेलाडी छनौट

नेपालमा फुटबलको विकासका लागी ग्रासरुट देखी नै एन्फाको योजना अनुसार खेलाडी छनौट गर्ने कार्य कैलालीमा सम्पन्न भएको छ।

नेपाल अधिराज्य भरीका खेलाडी छनौट गर्ने क्रममा शुक्रवार धनगढी उपमहानगरपालीका १३ स्थित जुगेडामा मनकामना युवा क्लवको खेल मैदानमा कैलाली जिल्ला फुटवल संघले खेलाडी छनौट गरेको छ।

कैलाली जिल्ला फुटवल संघले जिल्ला स्तरीय १३ वर्ष मुनीका र १६ वर्ष मुनीका  फुटवल खेलाडीहरु छनौट गरेको छ। जिल्ला भरीवाट २ सय जना खेलाडहरु मध्ये १३ वर्ष मुनिका १६ र १६ वर्ष मुनीका १३ जना खेलाडी छनौट गरीएको संघका उपाध्यक्ष तथा खेलाडी छनौट समितीका संयोजक राघवेन्द्र कार्कीले जानकारी दिनुभयो।

छनौट समितीले छनौट गरेका खेलाडीहरु चैत्र २५ देखी २७ गते सम्म धनगढीमा हुने क्षेत्रीय स्तरीय छनौटमा सहभागी हुने छन्।

त्यहाँवाट छनौटमा परेका खेलाीहरु १३ वर्ष मुनिकालाई एन्फा एकेडेमीले प्रशिक्षणका लागी राख्ने र १६ वर्ष मुनीका खेलाडीलाई साप च्याम्पीयन सिपका लागी छनौट गरीने कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहीत कुमार शाहले जानकारी दिनुभयो।

कैलाली जिल्ला फुटवल संघका मुख्य प्रशिक्षक यज्ञ प्रसाद श्रेष्ठ र संघका उपाध्यक्ष तथा खेलाडी छनौट समितीका संयोजक राघवेन्द्र कार्कीले खेलाडी छनौट गर्नुभएको थियो।