गठबन्धन देशमा विकास र संविधानको रक्षा गर्न आवश्यक छ: आले

गठबन्धन देशमा विकास र संविधानको रक्षा गर्न आवश्यक छ: आले

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले लोकतान्त्रिक गणतन्त्रात्मक सविधानको रक्षा तथा देशको विकास गर्नका लागि भएपनि देशमा गठबन्धन आवश्यक रहेको बताउनु भएको छ ।गठबन्धनले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै पूर्वमन्त्री आलेले पूर्वमन्त्री आलेले सहजपुरदेखि बोगटान, दिपायल हुँदै उरैभञ्ज्याङसम्म सडक बनाएरै छोड्ने दाबी गरे।

पूर्वमन्त्री आलेले डोटीमा गठबन्धनले आफूलाई जिताउनेमा विश्वस्त रहेको बताउँनु हुँदै जिल्लामा गठबन्धनका साझा उम्मेदवार निर्वाचित गराउनका लागि आफू हर सम्भव प्रयास गर्ने र गठबन्धनको जीत हुने बताए। गठबन्धनका साझा उमेदवारलाई जिताउन पूर्वमन्त्री आलेले जिल्लाका जनतालाई आग्रह गरे।

गठबन्धनका कारण आसन्न निर्वाचनपछि प्रदेश तथा संघ सरकारको नेतृत्व गठबन्धनले नै लिने भएकाले अहिलेको सानो तीनो असमझदारीले निकट भविष्यमा गठन हुने सरकारमा असर पर्न जाने हुनाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन उनको आग्रह थियो ।

आफु संघीय सरकारको उमेदवारमा विजयी भएलगत्तै जिल्लामा अधुरा रहेका विकास निर्माणका कामहरु सफल गर्ने बताए । डोटीको विकासमा आफू बिगतदेखि नै प्रतिबद्ध रहेको र अहिले भइरहेका कार्य र केही नयाँ विकासका काम सहितका कार्यलाई साझा मुद्दा बनाउँदै टुंगोमा पु-याउने उहाँको दावी थियो ।