होजियारी उद्योगमा रुक्मणिको छलाङ : ऋणीबाट बनिन् करोडपति !

होजियारी उद्योगमा रुक्मणिको छलाङ : ऋणीबाट बनिन् करोडपति !

धनगढी : ३ दशकअघि धनगढी उपमहानगरपालिका–४ की रुक्मणि देवकोटा ९५७० ले आफूले उत्पादित मोजा, स्वीटर, टोपीलगायत ऊनीका वस्तुु झोलामा बोकेर घरघरमा गएर बिक्री गर्थिन् ।

जागिरे पति दीपक देवकोटा जताजता सरुवा भएर जान्थे, उतैउतै पतिको छायाँ बनेर पछ्याइरहनुु उनको अवस्था थियो । लगानी अभावले कार्यालयले दिएको सानो कोठाभित्रै टेबलमा ‘नेटिङ मेसिन’ जडान गरी सुुत्ने खाटमा बसेर बुुनाइको काम गर्थिन् । दिउँसोभर झोलामा उत्पादित वस्तुु बोकेर घरघर, पसलपसल चहारेर बेच्थिन् ।

 

तर आज उनको क्रियाशिलता र पतिको कुुशल व्यवस्थापनले सानो कोठा र सानो लगानीबाट शुुरूवात गरेकोे व्यवसाय फड्को मारेको छ । ४ हजार ८ सय रुपैयाँबाट शुुरूवात गरेको होजियारी उद्योग र पछि सञ्चालनमा आएको देवकोटा डिस्टिब्यूटर्सको वार्षिक कारोबार ४ करोड नाघ्दै आएको छ भने आफ्नै उद्योगमा दर्जनौंको रोजगारी सिर्जना । उद्योगबाटै सञ्चालित तालिमबाट सयौं स्वरोजगार । छोराछोरी आत्मनिर्भर । उच्च सामाजिक मान प्रतिष्ठा आदि समेत कमाउन सफल भएकी छिन् उनी ।

उनी भन्छिन्, ‘शुुरूवाती अवस्थामा मैले ३ घण्टा पनि बडो मुुस्किलले आराम गर्थें । चाडपर्व मनाउने अवस्था थिएन । आज पनि उत्तिकै मेहनत गर्छुु । मैले जति गरेको छुु । पाएको छु । सबै मेरो क्रियाशिलता र श्रीमानको व्यवस्थापनले हो । चाह्यो भने संसारमा गर्न नसकिने केही छैन ।’

पाल्पादेखि कञ्चनपुुर

उनको जन्म पाल्पा जिल्लाको साविक बहादुुर गाविसमा बुुवा हेमलाल बस्याल र आमा नेत्रकुुमारी बस्यालको कोखबाट भएको थियो । छिमेकी पाल्पाली ढाकाटोपी उद्योगका सञ्चालक गणेशमान महर्जनका छोरीहरूको संगतले सानै उमेरमा उनले बुुनाइ तथा होजियारी सम्बन्धी सीप सिकेकी थिइन् । २०३६ सालमा पाल्पाको तानसेनमै उनले पुष्पा होजियारी दर्ता गराएर व्यवसाय गर्ने आँट पनि गरिन् ।

‘महर्जन पाल्पाका ठूला उद्योगपति हुुन् । मलाई पनि उनीजस्तै उद्योगको मालिक बन्न पाए हुुन्थ्यो भन्ने लाग्थ्यो,’ अगाडि भन्छिन् । तर पाल्पाको तानसेन नगरपालिकाको लेखापालमा कार्यरत पति दीपकको सरुवा २०३९ सालमा कञ्चनपुुरको तत्कालीन महाकाली अञ्चल अदालतमा भयो । दीपक अदालतको अस्थायी डिठ्ठा पदमा कार्यरत भए । उनको पुुष्पा होजियारी सञ्चालनको सपना तुुहियो । 

प्रदेशमै पहिलो रुपक होजियारी उद्योग

आर्जन गरेको सीप नमरुञ्जेल कहाँ नासिन्छ भनेझैं अदालतका तत्कालीन अञ्चल न्यायाधीश रामप्रसाद श्रेष्ठकी पत्नी निर्मला श्रेष्ठको प्रेरणाबाट पुुनः उनी होजियारी व्यवसायमा फर्केको बताउँछिन् । कञ्चनपुरको महेन्द्रनगरबाट उनले दर्ता विना नै ‘रुपक होजियारी उद्योग’को काम शुरू गरिन् ।

‘होजियारी उद्योगबारे बुुझ्दा उतिबेला सुुद्ूूरपश्चिममा नेटिङ मेसिन प्रविधिबाट बुुन्ने काम भएको थिएन । कि त इन्डियाबाट ल्याउनुुपथ्र्यो । अनि मैले नयाँ कामको शुुरूवात गरेकी हुुँ,’ उनले भनिन्, ‘कार्यालयको कोठाबाटै काम शुुरू गरेको थिए । मलाई काम गरेको देखेर हाकिमले माया गरेर आफ्नो कोठा छोडेर हामीलाई दिनुुभयो । उहाँ आफू सानो कोठामा जानुुभयो ।’

उद्योगको बिउ पूँजी कति थियो भन्ने जिज्ञासामा हाँस्दै उनी थप्छिन्, ‘लगानी केही थिएन । त्यतिबेलाको कुुरा सम्झिँदा लाज लाग्छ । सानो लगानीबाट शुुरूवात गरे । ३ हजार ५ सयमा नेटिङ मेसिन मिल्थ्यो । केही सापटी खोजेर ४ हजार ८ सयमा उद्योगको काम शुुरू गरे ।’

उनको उतारचढावको जिन्दगी अझैं स्थिर भएन । उनका पति लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भएर जिल्ला हुुलाक कार्यालय कञ्चनपुरबाट जिल्ला हुुलाक कार्यालय कैलालीमा सरुवा भए ।

उद्योग पनि कैलालीमै सारे । २०४१ सालमा कैलालीमा विधिवत् रुपमा उद्योग दर्ता गरी धनगढीमा सञ्चालन गरिन् । कैलालीमा पनि जिल्ला हुुलाक कार्यालय धनगढीको सानो कोठाबाट सञ्चालन गरेको अनुुभुुति उनी सुुनाउँछिन् ।

उनले अगाडि थपिन्, ‘आफूसँग लगानी नहुुँदा नजिकैको पसलबाट उधारोमा धागो लिन्थें । रातिको समयमा बुुनाइको काम गरेर दिउँसो बिक्री गरी साहुुको उधारो चुुकाउँथे । गर्दागर्दै थप मेसिन किने । व्यवसायको आकार बढ्दै गयो ।’

प्रचारप्रसारसँगै उनको उद्योगले दिन दुइगुुणा र रात चौगुुणाले हिसाबले कारोबार गर्न थाल्यो । ३५ वर्षको अवधिमा उनी करोडौंको मालिक बन्न सफल भएकी छिन् । उनको उद्योग २०६५ सालदेखि धनगढीस्थित उत्तरबेहडीमा आफ्नै भवनमा सरेको छ ।

‘पहिले बजार खोज्नुुपर्थ्यो, आज मलाई खोज्छन्’

उद्योग सञ्चालनको दौरानमा उनले दक्ष कामदार नेपालमा नपाउँदा निकै समस्या झेल्नुपरेको दिन पनि उनी सम्झिन्छिन् । उनले भारतबाट मासिक २० हजार रुपैयाँ तलब दिएर कामदार ल्याएको बताउँछिन् । त्यसपछि जनशक्ति उत्पादनको उद्देश्यले पनि उनले विपन्न वर्ग, दलित, जनजाति, एकल महिलालगायत निःशुल्क तालिम दिन थालिन् ।

हालसम्म उनीसँग सयौं जनाले सीप सिकेर पनि उद्योग सञ्चालन गरेका छन् भने ३५–४० जनालाई नियमित रोजगारी समेत प्रदान गरेको उनी बताउँछिन् ।

उनले आफ्नो उद्योगमा हाल नयाँ प्रविधिको २२ थान ‘ह्याण्ड फ्याट मेसिन’सहित ४ थान डिजिटल मेसिन समेत भित्र्याएकी छिन् । उद्योगबाट सरकारी कर्मचारी र स्कूल ड्रेसका स्वेटर, ट्राउजर, सल, स्कार्फ, टोपी, मोजा र बच्चाका लागि आवश्यक ऊनीका कपडा उत्पादन हुन्छन् । ग्राहकको मागअनुसार हरेक प्रकारका न्याना कपडा उत्पादन गर्दै आएको उनी बताउँछिन् ।

उनका अनुसार उद्योगबाट उत्पादित सामान सुदूरपश्चिमका सबै जिल्लाका साथै सुर्खेत, बाँके, बर्दिया र दाङसम्म पुग्ने गरेको छ । कैलाली र कञ्चनपुरसँग सीमा जोडिएका भारतका केही स्थानबाट पनि आफ्नो सामानको माग आउँदै गरेको उनले बताइन् ।

‘केही वर्ष अगाडि जस्तो बजार नभएपनि बजारको समस्या छैन । पहिला इन्डियाबाट आयात हुुन्थ्यो । आजभोलि निर्यात हुन्छ,’ उत्साहपूर्ण हाँसोका साथ भनिन्, ‘यति चाहिँ भन्छु – पहिला बजार खोज्दै हिँड्नु पर्थ्यो । आजभोलि हामीलाई खोज्छन् ।’

स्वदेशी वस्तु उत्पादन र उपभोगको अभियानलाई सार्थकता दिइरहेको बताउँदै उनले कुनै ठाउँमा आफ्नो उद्योगबाट उत्पादित वस्तुमा आफ्नो लोगो देख्दा गर्वले छाती फुलेर आउने बताउँछिन् ।

‘तर म खुशी छैन ।।।’

उद्योगको कमाइबाट उनले आफ्ना ३ छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन सफल भएकी छिन । तर उनको उद्योग सञ्चालनमा उनका कुनै सन्तान सक्रिय छैनन् । छोरा रुपक देवकोटा अमेरिकामा इन्जिनीयर छन्, जेठी छोरी पुष्पा देवकोटा गैरे काठमाडौंमा शिक्षण पेशामा छिन् भने कान्छी छोरी उषा देवकोटा भट्टराई अस्टे«लियामा कार्यरत छिन् ।

उनले निराशा व्यक्त गरिन्, ‘धेरै संघर्ष गरियो । तर म खुशी छैन । छोराछोरीलाई विदेशमा बिक्री गरेजस्तो लाग्छ । यो उद्योगको उत्तराधिकारी जन्माउन सकिएन जस्तो लाग्छ ।’

रुक्मणि सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । जसले उनको सामाजिक प्रतिष्ठा उत्तिकै बढाएको छ । उनी कैलाली उद्योग वाणिज्य संघ कैलालीको २ कार्यकाल कार्यसमिति सदस्य र १ कार्यकाल महिला उपाध्यक्ष रहिसकेकी छिन् भने नेपाल घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिमको महिला समितिको अध्यक्ष पदमा छिन् ।

गारमेन्ट उद्योगको तयारी

रुक्मणि हाल होजियारी उद्योगसँगै नयाँ उद्योग सञ्चालनको तयारीमा जुटेकी छिन् । गारमेन्ट उद्योग निर्माणको तयारी जारी रहेको बताउने उनी ३ महिनाभित्रै सञ्चालनमा ल्याइने जनाइन् ।

मुलुकमा धेरै राजनीतिक क्रान्ति भएको बताउने उनी अब आर्थिक क्रान्ति हुुनुपर्ने बताउँछिन् । जसको लागि आफू निजी क्षेत्रबाट भएपनि सक्रिय रहेको उनको भनाई छ ।

दृढ विश्वास व्यक्त गर्दै उनले भनिन्, ‘मेरो सोच नयाँ उद्योग सञ्चालन गर्ने र सकेसम्म महिला दिदीबहिनीलाई उद्यमी बनाउने हो । अब राजनीतिक क्रान्ति होइन, आर्थिक क्रान्तिको खाँचो छ । तर मुख र शब्दले होइन, काम गरेर देखाउने बेला हो ।’

यो सामाग्री लोकान्तर बाट लिइएको हो ।