एमाले सचिव भट्ट भन्छन्, 'रावल कमरेडले पार्टी नेतृत्वको धज्जी उडाए'

एमाले सचिव भट्ट भन्छन्, 'रावल कमरेडले पार्टी नेतृत्वको धज्जी उडाए'

धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले नेता डा. भीम रावलले पार्टी नेतृत्वको धज्जी उडाएको आरोप लगाएका छन्। भट्टले शुक्रवार कैलाली क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन्।  

उनले भीम रावल कमरेडले पत्रकार सम्मेलन गरेर पुरै पार्टीको धज्जी उडाएको भन्दै कुनै नेतालाई जिताउने र मन नपरेकालाई हराउने हो भन्ने खालको आशय व्यक्त गरेको समेत आरोप लगाए ।  भने पार्टीभित्र अन्तर घात नभए नेतृत्वले सक्रिय रूपमा काम गर्न सक्ने भट्टको दाबी छ। 

यस अघि एमाले पूर्व उपाध्यक्ष रावलले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको  आयोजना गर्दै 'होली वाइन देखि संविधान च्यात्नेहरूसमेत एमालेका उम्मेदवार बनेका छन्, भोट माग्न सक्दिन' लगायतका अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् ।