सुदूर पश्चिममा हावाहुरी सहीत मेघ गर्जन

सुदूर पश्चिममा हावाहुरी सहीत मेघ गर्जन

सुदूरपश्चिममा हावाहुरी,मेघ गर्जन र चट्याङसंगै वर्षा शुरु भएको छ । सुदूरपश्चिमका कतिपय स्थानमा असिना पनि परेको छ ।

कैलालीको टीकापुर,भजनी,लम्की क्षेत्रमा वर्षासहित असिना परेको छ । तराईकै अर्को जिल्ला कञ्चनपुर र पहाडी जिल्लाहरुमा पनि हावाहुरी,मेघ गर्जन र चट्याङसंगै वर्षा भईरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका धेरै भागमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने प्रक्षेपण गरेको थियो ।

महाशाखाले शनिवार जारी गरेको बुलेटिन अनुसार मुलुकको पूर्वी तथा मध्यका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ ।महाशाखाले मौसम प्रतिकुल रहन सक्ने बताउदै सचेत रहन समेत सबैलाई आग्रह गरेको छ ।