उधोग बाणिज्य संघ डडेल्धुराको मत गणना सुरु

उधोग बाणिज्य संघ डडेल्धुराको मत गणना सुरु

उद्योग वाणिज्य संघ डडेल्धुराको नयाँ नेतृत्वका लागि आज सम्पन्न मतदानको अहिले केही बेरमै मत गणाना सुरु हुने भएको छ । यसअघि निर्वाचन समितिले दुवै पक्षको रहोवरमा अचारसंहिता बनाएकोले अवको केही बेरमै मत गणना सुरु हुन गइरहेको गणनास्थलवाट पत्रकार धनवहादुर भण्डारीले जानकारी दिएका छन् ।

गत वर्ष सम्पन्न तीन तहका निर्वाचनपछि पहिलो पटक भएको यो निर्वाचनलाई यहाँस्थित राजनीतिक दलहरुले आफ्नो साखकारुपमा लिएकाले व्यबसायीको भन्दा राजनीतिकरण बढी रहेको छ । यसअघि आज साँझ ५ वजे सम्पन्न मतदान प्रकृर्या शान्त तबरले सम्पन्न भएको थियो । कुल एक हजार २ सय ९८ मतदानमा मध्ये एक हजार ४८ मत खसेको निर्वाचन अधिकृत हरिप्रसाद भट्टले जानकारी दिए।

उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा भोजराज भट्ट र लोकराज भट्टबीच यस्तै सचिव पदमा विष्णु जोशी र वासुदेव जोशीबीच चुनावी प्रतिस्प्रर्धा रहेको छ। १० जना कार्यसमिति सदस्यका लागि भने १९ जनाको उमेदवारी परेकोमा ३ जनाले फिर्ता लिएपछि १६ जना चुनावी प्रतिस्प्रर्धामा छन्।