कैलालीका वडा अध्यक्षको दादागिरी- सेवाग्राहीको निवेदन च्यात्दै दिए धम्की !

कैलालीका वडा अध्यक्षको दादागिरी- सेवाग्राहीको निवेदन च्यात्दै दिए धम्की !

कैलालीको मोहल्याल गाउपालीका वडा ६ का अध्यक्षले सेवाग्राहीको पत्र च्यातेर फालेका छन । राज्यको तल्लो तहका पावरफूल मानिने जनप्रतिनिधिले यस्तो हर्कत गर्दा यतिबेला वडा अध्यक्ष भण्डारीको चर्चा चलेको छ ।

उहाँले आफ्नै जिल्लाको घोडाघोडी नगरपालिका १० वडाका स्थानीय जनक जोशीले माहोन्याल गाँउपालिका ६ मा फर्निचर सञ्चालनका लागि वडा सचिवले दिएको अनुमति पत्र सेवाग्राहीलाई धम्काउँदै कार्यालयमै च्यातिदिएका छन् ।

उहाँले आफ्नो वडामा अर्को ठाँउको व्यक्तिलाई फर्निचर सञ्चालन हुन कुनै हालतमा नदिने दाबी गर्दै आँफै सर्वस्व भएको र कोहीले केही गर्न नसक्ने भन्दै सेवाग्राहीलाई यसरी चुनौति दिएका छन् ।

वडा अध्यक्ष भण्डारीले आफ्नो मान्छेको नाममा उद्योग दर्ता गराउन लगातार दबाब दिएको र आफूले आफ्नै नाममा दर्ता गराउन चाहेपछि कागजपत्र च्यातेको जोशीको भनाइ छ ।

वडा अध्यक्ष भण्डारीको धम्की र कार्यालयमै वडा सचिवले दिएको अनुमति च्यात्ने कार्याशैली जनप्रतिनिधिका लागि सुहाउने कुरा होइन ।उद्योग दर्ता गर्न गएका जोशीले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा वडा अध्यक्ष विरुद्ध उजुरी दिएका छन् ।