मौनअवधि वाहेक भेला, आमसभा, गोष्ठी र सेमिनार रोक्नु उचित होइन : विमलेन्द्र निधि

मौनअवधि वाहेक भेला, आमसभा, गोष्ठी र सेमिनार रोक्नु उचित होइन : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधिले मौन अवधिभन्दा बाहेकमा भेला, आमसभा, गोष्ठी, र सेमिनार रोक्न नहुने बताएका छन् ।

आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको उम्मेदवारी मनोनयन नै खारेज गर्नसक्ने चेतावनी दिएको थियो ।

निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादित रुपमा प्रचारप्रसार गराउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो । तर नेताहरुले यसको विरोध गरेका छन् । 

निधिले भेला, आमसभा, गोष्ठी,सेमिनार लोकतन्त्रको अपरिहार्य कृया, लक्षण र प्रतीक भएको टिप्पणी गरे ।

उनले लेखेका छन् – ‘भेला, आमसभा, गोष्ठी,सेमिनार लोकतन्त्रको अपरिहार्य कृया, लक्षण, प्रतीक हो । सार्वभौम जनताको नैसर्गिक र सार्वकालिक अधिकार हो । यो सधैं निर्वाध प्रयोग हुने विषय हो । कानुन र निर्देशिकाले निषेध गर्न पाईदैन,व्यवस्थित (रेगुलेट) गर्ने मात्रै ह‍ो । मौनअवधि वाहेक रोक्नु उचित होइन । दलहरु कसरी सहमत भए ?’