धनगढी । नवौँ राष्ट्रिय खेलकुद अन्तरगत कराँते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आनन्द कामीले स्वर्ण पदक जित्न सफल भएका छन् । उनले गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पर्वत जिल्लाको कुस्मामा भइरहेको राष्ट्रिय कराँते प्रतियोगितामा कामीले ५० किलो ग्राम तौल समूह अन्तरगत कुमुतेमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।
यस्तै, ४५ किलोमा वर्षा साउद, ५५ किलोमा प्रदीप मगर , ६० किलो तौल समूहमा खड़क थामी मगर र ५० किलोमा गरिमा मल्लले सुदूरपश्चिम प्रदेशको लागि कांस्य पदक जित्न सफल भएका छन् ।
९ औ राष्ट्रिय खेलकुद अन्तरगत सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै स्वर्ण र कांस्य पदक जिते खेलाडीहरूलाई कैलालीका कराँते प्रशिक्षक प्रकाश कुमार चन्दले बधाई सँगै शुभकामना व्यक्त गरेका छन् ।
यसै बिच स्वर्ण पदक विजेता आनन्द कामी लाई ८ औ साग गेम्सका पदकधारी हाल अमेरिकामा बस्ने मकेंद्र बहादुर सिंहले रु ५००० र अमेरिकामै बसोबास गर्दै आएका करन बहादुर चन्दले रु १०,००० नगद सहित बधाई दिएका छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भोलि बुधवार पुरुष र महिला टिम क़ुमुते खेल हुने छन् ।