धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमाललाई डेङ्गी संक्रमण

धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमाललाई डेङ्गी संक्रमण

धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमाललाई डेङ्गी संक्रमण भएको छ । मेयर हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई डेङ्गी संक्रमण भएको बताएका हुन् । 

उनले आफूलाई मंगलबार (आज) डेङ्गी संक्रमण भएको जानकारी गराउँदै सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

मेयर हमालले चिकित्सकको सल्लाहमा केही दिन आराम गर्नुपर्ने भएकाले आफूलाई भेट्न र फोन सम्पर्क नगरिदिन हुन आग्रह समेत गरे ।