वन डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समुहलाई सामग्री हस्तान्तरण

वन डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समुहलाई सामग्री हस्तान्तरण

कञ्चनपुर : राष्ट्रिय बन विकास तथा व्यवस्थापन कार्यक्रम शिर्षक अन्र्तगत अग्नी नियन्त्रण सम्बन्धी सामग्री डिभिजन वन कार्यालय कञ्चनपुरले सामुदायक बन उपभोक्ता समुहलाई हस्तान्तरण गरेको   छ । 

वनक्षेत्रमा डढेलो रोकथाम, नियन्त्रण गर्न साथै छिमेकी समूह तथा राष्ट्रिय वनक्षेत्रमा समेत वन डढेलो नियन्णमा परिचालन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत मोहन राज काफ्लेले समुदायिक वन उपभोक्ता समुहलाई हस्तान्तरण गर्नु भयो ।वन डढेलो लाग्ने सम्भावना बढी भएको क्षेत्रलाई छनौट गरी ती क्षेत्रमा समाग्री वितरण गरिएको छ ।

वैजनाथ सा.व.उ.स भीनपा ९ मटेना का अध्यक्ष किसन नाथ, बैजनाथ सा.व.उ.स शुक्लाफाटा ८ का सचिव डबल सिह धामी, वाणी सब डिभिजन वन कार्यालय कञ्चनपुरका स.ब.अ विश्वराज पण्डिछ साथै अमर श्रीकृष्ण सा.व.उ.स पु.न.पा. ११ कञ्चनपुरका अध्यक्ष प्रेम बहादुर बानियालाई स्वाटर १, रेक विथ आईरन हेन्डल १, कटन जम्प सुट १, पन्जा २, सेफ्टी हेल्मेट २, २० लि. व्याक पेक (फायर फाईटर स्प्रेयर) १, मास्क २ थान  दिइएको छ भने बैजनाथ सा.व.उ.स शुक्लाफाटा ८, वाणी सब डिभिजन वन कार्यालयलाई थप १–१ २० लि. व्याक पेक (फायर फाईटर स्प्रेयर) दिइएको छ ।

बार्षिक कार्यक्रम २०७५÷०७६अन्तर्गत दुई लाख रुपैया बजेटमा प्रभावकारी ढंगबाट कार्य गर्नको लागि उक्त समग्री खरीद गरी वन डढेलो बाट केही हद सम्म पनि नियन्त्रण गर्नको लागि सामग्री हस्तान्तरण गरेको वन अधिकृत काफ्लेले बताउनु भयो । कार्यक्रम सहायक वन अधिकृत शिवलाल अवस्थीले सञ्चालन गर्नु भएको थियो ।