आईपीएलमा मुम्बईको तेस्रो जित, अलजारीले लिए ६ विकेट

आईपीएलमा मुम्बईको तेस्रो जित, अलजारीले लिए ६ विकेट

इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले हराएको छ ।

राजीव गान्धी अन्तर्रा्ष्ट्रिय मैदानमा भएको खेलमा हैदरावादले टस जितेर बलिङको निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ थालेको मुम्बईले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

१३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो ।आईपीएलको जारी १२ औं संस्करणमा हैदरावादको टिम पहिलो पटक १०० रन बनाउन चुक्यो । उसले आफ्नो पहिलो खेलमा १८१, दोस्रो खेलमा २०१, तेस्रो खेलमा २३१ र चौथो खेलमा १३१ रन बनाएको थियो ।

हैदरावादका लागि दीपक हुड्डाले सबैभन्दा बढी २० रन बनाए । डेभिड वार्नरले १ बलमा १४ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।मुम्बईका अलजारी जोसेफले ३.४ ओभरमा १२ रन दिएर ६ विकेट झारे । उनी म्यान अफ दि म्याच बने ।

आईपीएलमा कुनै पनि बलरको यो सर्वश्रेष्ठ प्रदर्शन हो । यसअघि यो रेकर्ड सोहेल तनवीरको नाममा थियो । उनले ४ मे सन् २००८ मा चेन्नाई सुपरकिंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चिएर ६ विकेट लिएका थिए ।अलजारीको आईपीएलमा यो डेब्यू खेल थियो ।

आईपीएलको डेब्यू म्याचमै पहिलो पटक ६ विकेट लिने खेलाडी पनि बनेका छन् अलजारी । यसअघि एन्ड्र्यू टायले डेब्यू म्याचमा ५ विकेट लिएका थिए । टायले सन् २०१७ मा १७ रन खर्चिएर ५ विकेट लिएका थिए ।अलजारीका साथै मुम्बईका लागि राहुल चाहले २ तथा जेसन बेहरेनडर्फ र जसप्रित बुमराहले १-१ विकेट लिए ।

मुम्बईका लागि किरोन पोलार्ड हाइएस्ट स्कोरर बने । उनले २ चौका र ४ छक्काको मद्दतमा २६ बलमा अभिजित ४६ रन बनाए । कप्तान रोहित शर्माले १४ बलमा ११ रन बनाए । सूर्य कुमारले ८ बलमा ७ रन र डिककले १८ बलमा १९ रन बनाए ।