बझाङमा जिप दुर्घटना: जिप टुक्रा टुक्रा, घटनास्थलमै ४ जनाको मृत्यु

बझाङमा जिप दुर्घटना: जिप टुक्रा टुक्रा, घटनास्थलमै ४ जनाको मृत्यु

बझाङमा जिप दुर्घटना भएको छ। बुधवार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।

दुर्घटनामा अहिलेसम्म चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। चार जनाको मृत्यु भएको छ। घाइतेहरूलाई अस्पताल पठाइएको छ । 

घटना स्थलमा खटिएका प्रहरी अधिकारीका अनुसार जिप टुक्रा टुक्रा भएको छ। नम्बर प्लेट पनि नभेटिएको बताइएको छ। 

अहिले प्रहरी र स्थानीयहरूले घाइतेहरूको उद्धार गरिरहेका छन्। दुर्घटना बारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।