बोल्न नजान्ने प्रदेश सभाका उम्मेदवार प्रेम, पत्रकार चन्दमाथि दुर्व्यवहार

बोल्न नजान्ने प्रदेश सभाका उम्मेदवार प्रेम, पत्रकार चन्दमाथि दुर्व्यवहार

धनगढी । धनगढीको बाबा टेलिभिजनमा कार्यरत पत्रकार रमा चन्दमाथि दुरव्यवहार भएको छ । राष्ट्रिय नागरिक पाटी प्रदेश सभाका उम्मेदवार प्रेम बिसीले पत्रकार चन्दमाथि दुरव्यवहार गरेका हुन ।

बिसीले अन्तरवार्ता लिइदिन भने पछि पत्रकार चन्दले तपाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हुनुहुन्छ । त्यसैले अन्तरवार्ता लिँदा र उम्मेदवारी दिँदा आचार संहिता लागु हुन सक्छ भने पछि बिसीले हावा कुरा गर्ने भन्दै अपशब्द प्रयोग गरेका छन् । जान्ने हुने ? कसले बनाएको पत्रकार ? भन्दै उनी झोक्किएका थिए । 

त्यति बोल्दा बोल्दै चन्दले सम्झाउन खोज्दा कुरै नसुनी फोन काटेर राखेको पत्रकार चन्दले बताइन ।

विद्यालय व्यवस्थापन समितिमा रहँदा उम्मेदवारी दिन नपाइने र उजुरी परेमा छानबिनका आधारमा उम्मेदवारी खारेज हुने निर्वाचन आयोगका अधिकृत प्रेम राज भट्टले बताए ।