तिहारको मुखैमा बझाङमा जिप दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो, ८ जना घाइते

तिहारको मुखैमा बझाङमा जिप दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो,  ८ जना घाइते

बझाङमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुग्यो पुगेको छ । भने ८ जना घाइते भएका छन् ।

बुधवार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका- २, खेत कोट जाँदै गरेको सु.प.प्र ०१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो । 

मृत्यु भएका मध्ये अहिलेसम्म ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका वडा नं २ खेत कोटका लोकेन्द्र खडकाकी १३ बर्षिया छोरी सम्झना खडका, सोही ठाउँका हेमराज खडकाका १५ बर्षिया छोरा रोशन खडका, महेश कठयताकी श्रीमती २८ बर्षिया बसन्ती धामी र अर्का एक जना ११ बर्षिया प्रचण्ड खड्काको सनाखत भएको छ ।