दार्चुलाका पालिकामा स्वास्थ्य शिविर : सेवाग्राहीको भिड

दार्चुलाका पालिकामा स्वास्थ्य शिविर : सेवाग्राहीको भिड

दार्चुला । दार्चुलामा बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । कात्तिक ४ गतेसम्म शिविर सञ्चालन हुने बताइएको छ । दार्चुलाका तीन स्थानीय तहमा आयोजना हुने शिविर दुई पालिकामा सम्पन्न भएको छ ।

बिहीबार र शुक्रबार दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका –४ खलङ्गामा आयोजना गरिने शिविर संयोजक दिवानसिंह धामीले जानकारी दिनुभयो । शिविरबाट ७४३ बिरामीले उपचार तथा परामर्श सेवा पाएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिनुभयो । 

असोज ३० र ३१ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सम्पन्न शिविरमा ४३४ जनाले सेवा पाएको शैल्यशिखर नगरपालिका स्वास्थ्य शाखा संयोजक शिवदत्त जोशीले बताउनुभयो । कात्तिक ३ र ४ गते दार्चुला सदरमुकाम खलङ्गामा शिविर सञ्चालनको तयारी गरिएको उहाँले बताउनुभयो । शिविरबाट चार दिनमा एक हजार १७७ जना बिरामीले सेवा लिएको बताइएको छ ।  

सम्बन्धित स्थानीय तहको आयोजना तथा यूथ भोलेन्टियर ग्रुपको संयोजन र वीर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भइरहेको शिविरका संयोजक धामीले बताउनुभयो । 

शिविरमा वरिष्ठ हाडजोर्नि तथा नसा रोगसम्बन्धी विशेषज्ञ डा। विजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा। केशव आचार्य, मानसिक रोग विशेषज्ञ डा। ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन डा। निरन महर्जन र फिजियोथेरापिस्ट डा। धनेन्द्र नाथले सेवा दिइरहनु भएको छ । शिविरमा उपचार तथा परामर्श निःशुल्क गरिएको आयोजकले जनाएको छ ।