बैतडीमा चट्याङ लागेर दुईजना घाइते

बैतडीमा चट्याङ लागेर दुईजना घाइते

बैतडी : बैतडीमा चट्याङ लागेर दुईजना घाइते भएका छन् । शनिबार साँझ परेको चट्याङ लागेर दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी १९ वर्षीया तुलसी रावत र सोही ठाउँकी १९ वर्षीया ममता रावत घाइते भएका हुन्।

मोबाइलमा कुरा गरिरहेका बेला एक्कासी चट्याङ पर्दा दुवै जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।घाइते दुवैको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ।