देशकै नमुना सहकारी नवजिवनको नेतृत्वमा सिहं (पुर्ण विवरण)

देशकै नमुना सहकारी नवजिवनको नेतृत्वमा सिहं (पुर्ण विवरण)

धनगढी ११ चैत्र । बैंकिङ कारोवार गर्ने नेपालको पहिलो सहकारी नवजीवन सहकारी संस्था लिमिटेडको सञ्चालक समिति चयनका लागि भएको निर्वाचनमा चक्र बहादुर सिंहको प्यानलले विजय हासिल गरेको छ ।  
                अध्यक्ष पदमा निर्वाचित सिंहको प्यानलका अधिकांश पदाधिकारी र सदस्यहरु निर्बाचित भएका छन् । सिंह ७ सय ६२ मतान्तरले बिजयी भएका छन् ।  
निर्वाचन समितिलेकाअनुसार चक्र बहादुर सिंहले ३ हजार ५ सय ३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धि रतन कठायतले २ हजार ७ सय ७४  मत प्राप्त गरे । त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर जोशी ५ सय १९ मतमा सिमित रहे ।
उपाध्यक्ष पदमा भने गोविन्दराज जोशीले फराकिलो अन्तरले बिजयी हासिल गरेका छन् । जोशीले ४ हजार ५०  मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि देव बहादुर मल्लको २ हजार ५ सय ८३ मत रह्यो ।
त्यस्तै सञ्चालक समितिको सदस्यमा सर्वाधिक ४ हजार २ सय ६३ मत सहित खेमराज पाण्डेय बिजयी भए । ईन्दिरा जैसी ४ हजार २ सय ३४,चेतराज ओझा ३ हजार ४ सय २७, जनकराज जोशी ३ हजार ३ सय ५७, घन बहादुर शाह ३ हजार ३ सय १९, कृष्ण बहादुर चौधरी ३ हजार १ सय ६५, देव बहादुर बम ३ हजार ४ सय १३, केशव मिश्र ३ हजार १ सय २७, गोपाल पाठक ३ हजार १ सय १२, त्रैलोक्यनाथ जोशी टिएन ३ हजार ४ सय ४, जयराज जोशी २ हजार ९ सय ४४ मत ल्याएर बिजयी भएका छन् । 
पराजीत भएका पदमराज भट्ट ९ सय १९, राजसमझ चौधरी ९ सय ४,  जनकराज पाण्डेय ८ सय ९२, देवराज पाण्डेय ८ सय ६४,नारायण लम्साल ८ सय १६, यादव प्रसाद जोशी ८ सय ९०, महेश विष्ट ८ सय २५, मित्रलाल पोखरेल ८ सय १०, विश्वनाथ ओझा ७ सय ५८ मत प्राप्त गरे ।
जिल्ला प्रतिनिधिमा गौरी लामाले ३ हजार ४ सय मत ल्याएर बिजयी भईन । उनका प्रतिद्धन्दी चेतमान साँउदले २ हजार ६ सय ४० मतमा प्राप्त गरे । लेखा समिति संयोजकमा चेतराज जोशी ३ हजार १ सय ३६ मत ल्याएर बिजयी भएका छन्  ।उनका प्रतिद्धन्दि जयराज जोशीले २ हजार९ सय २८ मत मात्र प्राप्त गरे । लेखा समिति सदस्यमा ईश्वर बहादुर सिंह २५८६ र गिरीराज कडायत २५०६ मत ल्याएर बिजयी भएका छन् । निकटतम प्रतिद्धन्दि गोपीलाल चौधरी २७८१ र लक्ष्मीराज पन्तको २६८८ मत ल्याएका छन् ।
कठायत प्यानलबाट सञ्चालक समिति सदस्यमा केशव मिश्र,जनकराज जोशी र जयराज जोशी, लेखा समितिका संयोजक चेतराज जोशी, सदस्यमा गिरीराज कडायत, जिल्ला प्रतिनिधिमा गौरी लामा बिजयी भईन । अन्य निर्वाचित पदाधिकारी र सदस्यहरु सिंह प्यानलका हुन् ।