गर्मी मौसम सुरु भए सगै बजारमा उखुको जुसको ब्यापार बढ्यो

गर्मी मौसम सुरु भए सगै बजारमा उखुको जुसको ब्यापार बढ्यो

धनगढी : गर्मी मौसम शुरु भएसगै उखुको जुसको ब्यापार यतिखेर बढिरहेको छ । सुदरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बिभिन्न बजारहरुमा उखुको जुसको ब्यापार भइरहेको छ । कैलाली र कञ्चनपुरका विभिन्न बिभिन्न बजारका चोक र सडक छेउछाउमा उखु को जुस बेचेर व्यापारीहरु मनग्य आम्दानी गर्न थालेका छन ।

दिउसो तिर विभिन्न काम को लागि बजार तिर निस्कने मानिसहरु उखु जुस तर्फ बढी आकर्षित हुने गरेका छन । बिहानै देखी ब्यस्त देखिने उखु जुस ठेलाहरुमा राम्रै ब्यापार हुने गरेको उनीहरुले बताएका छन । गर्मिको समयमा मानिसहरुलाई समस्या नहोस भनेर चुन्नु केसीले धनगढीको पाच ठाउँमा चुन्नु जुस लस्सी सेन्टर सञ्चालनमा ल्याउनुभयोएको छ ।

उहाँ मात्रै होईन उहाँ जस्तै  अहिले बजारमा धेरै युवा ब्यवसायीहरु उखुकको जुसको ब्यापार गरिरहेका छन् । धनगढीका बिभिन्न पाँच स्थानमा उखुको जुस र दहीबाट बन्ने लस्सी बेच्दै आउनुभएका चुन्नुले गर्मी मौसममा रामै्र कारोबार हुने गरेको बताउनुभयो ।

मुलुकमा रोजगारीको अभावको कारण देखाएर सानो आम्दानीका  लागि पनि बिदेशिने प्रवृति रहेकोमा दुखी हुँदै चुन्नु आफुले राम्रो आम्दानी गरिरहेको र युवाहरुलाई स्वरोजगार बन्न पे्ररित गर्न आफुले आम्दानीको २५ प्रतिशत सामाजिक कामका लागि खर्च गर्ने सोच बनाएको बताउनुभयो ।

धनगढीको बजार र भित्री गल्ली हरुमा उखु को जुस बनाउने घुम्ती पसलहरु प्रसस्त देख्न सकिन्छ ।  उखु जुस राम्रै ब्यापार हुने भएपछि यस प्रति आर्कषण बढेको हो ।

बिदेशमा गएर चर्को घाममा दुख खेपेर काम गर्नु भन्दा यो काम निकै राम्रो भएको उखु जुस बेच्ने घुम्त पसल सञ्चालन गरि रहनु भएका भिम बिष्टले बताउनुभयो । उहाँले काम सानो र ठुलो नहुने भएकाले आफ्नो ब्यापारबाट खुसी भएको बताउनुभयो । काम नगर्ने, खाली घरमा बस्ने र कामको खोजीमा बिदेशतिर जाने प्रवृतिले यस्ता राम्रो आम्दानी हुने मसिना काममा नेपाली भन्दा भारतीयहरु बढी सक्रिय रहेका छन् ।

तर धनगढीका राजु चौधरीले केही गरे अवश्य सफल भईन्छ भन्न्ने सोचले बिगत एक बर्ष देखि उखु जुस ब्यापार गरिरहेको बताउनभयो । उहाँले अर्काको दुख सहनु भन्दा पनि आफ्नै खुट्टामा उभिने हो भने कतै जानु नपर्ने बताउनुभयो । गर्मीको मौसममा उखुको जुसको माग धेरै हुन्छ ।

उखुको जुस स्वास्थ्यका लागि पनि निकै फाईदा जनक रहेको बिज्ञहरुको भनाई छ  । उखुको जुसको ब्यपार गरिरहेकाहरुले रोजगारीको लागि बिदेश जानु भन्दा आफ्नै देशमा पनि केही गर्न सकिने बताएका छन । त्यसैले काम ठुलो सानो नभनेर नपाएर विदेशीनु भन्दा आफ्नै देशमा काम गर्ने हो भने आत्मानिर्भर बन्न सकिन्छ ।