सिंचाई योजनाहरुको भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराद्धारा अनुगमन

सिंचाई योजनाहरुको  भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराद्धारा  अनुगमन

कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र कैलारी गाउँपालिकामा सञ्चालित सिंचाई योजनाहरुको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले अनुगमन गर्नुभएको छ ।

आगामी आर्थिक बर्षका लागि बजेट बनाउने तयारीमा रहेको प्रदेश सरकारले स्थलगत अनुगमन गरेर लागत अनुमान गर्दै बजेट बिनियोजन गर्ने उद्देश्यका साथ स्थलगत अध्ययन थालेको हो । मन्त्रालयले कैलारी गाउँपालिकाका सिचाई योजनाहरु बाट अनुगमन शुरु गरेको हो ।

शुक्रबार मन्त्री बोहराले कैलारी गाउँपालिकाका वडा नम्बर २, ३, ४, ७ र ८ मा रहेका सिचाई योजना र नदी तटबन्ध कार्यक्रमको अनुगमन गर्नुभएको हो । शुक्रबार मन्त्री बोहराले सो क्षेत्रबाट निर्वाचित प्रदेश सांसद बीरमान चौधरी, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयका प्रमुख अमर पालसहित स्थगलत अनुगमन गर्नुभएको हो ।

शुक्रबार मन्त्री बोहराको टोलीले कैलारी गाउँपालिकाको वडा नम्बर २ को सुर्मीनाला सिंचाई योजना, वडा नम्बर ४ को टेढी सिंचाई योजना, वडा नम्बर ४ कै गुर्गी सिंचाई योजना र वडा नम्बर ८ को कटनी नदी तटबन्ध योजनाको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा मन्त्री बोहराले कतिपय योजनाहरुको मुहानमा समस्या रहेको र कतिपय थोरै मर्मत गर्दा पनि राम्रो संग सञ्चालन गर्न सकिने अवस्थामा रहेको पाइएको बताउनुभयो । अनुगमनमा मन्त्री बोहरासंगै रहेका जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय धनगढीका प्रमुख अमर पालले टेढी सिचाई योजनामा मर्मत आवश्यक रहको  बताउनुभयो ।

उहाँले गुर्गी योजनामा मुहानमै समस्या रहेको बताउनुभयो । सो क्षेत्रबाट निर्वाचित प्रदेश सांसद बीरमान चौधरीले टेढी सिचाई योजनाबाटै एक नहर बनाएर गुर्गी योजनाका उपभोक्तालाई पनि सिचाई सुविधा पु¥याउन सकिने बताउनुभयो ।

उहाँले २ किलोमिटरको फरकमा दुई योजना रहेका कारण तल तिर रहेको गुर्गी योजनामा समस्या रहेको बताउनुभयो । उहाँले गुर्गीका उपभोक्ताहरुलाई टेढीबाटै सिचाई गर्ने गरी सहमति गराई एकिृत रुपमा एउटै अयोजनामा लगानी गर्नुपर्ने बताउनुभयो ।