बुटवलबाट महेन्द्रनगरतर्फ आउदै गरेको बस दुर्घटना, १६ जना घाइते, तीन गम्भीर

बुटवलबाट महेन्द्रनगरतर्फ आउदै गरेको बस दुर्घटना, १६ जना घाइते, तीन गम्भीर

बुटवलबाट महेन्द्रनगरतर्फ आउदै गरेको बस दुर्घटना हुदा १६ यात्रु घाइते भएका छन । तीन जना गम्भीर छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिक लु १ ख ८६३० नम्बरको बस दुर्घटनामा परेको हो ।

सामान्य घाइतेहरु लमही अस्पतालमा प्राथमिक उपचार पछि डिस्चार्ज भएका छन । गम्भीर घाइतेलाई थप उपचारको लागि अन्यत्र पठाइएको छ ।

बसको पट्टा भाच्चिँदा अनियन्त्रित भएर बस दुर्घटनामा परेको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीले बताए । बस राजमार्ग देखि १० मिटर तल खसेको छ ।