वाल संरक्षण तथा सुरक्षा विषयक तालीम सम्पन्न

वाल संरक्षण तथा सुरक्षा विषयक तालीम सम्पन्न

कैलाली जिल्ला फुटवल संघ र मर्सिकोर नेपालको सहकार्यमा सञ्चालीत जिए ( जनरल अमेजीङ्ग ) कार्यक्रम अन्तरगत धनगढीमा सञ्चालन भएको २  दिने वाल संरक्षण तथा सुरक्षा विषयक तालीम सम्पन्न भएको छ।

खेलकुद संगै फुटवलको विकासका लागी लागी परीरहहेको कैलाली जिल्ला फुटवल संघले कार्यक्रम लागु भएको पकेट क्षेत्रको क्लवका प्रतिनिधि, प्रत्येक विद्यालयवाट २ जना शिक्षक, खेलाडी र कोचहरुको सहभागीतामा कार्यक्रम गरेको हो।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि धनगढी उपमहानगरपालीकाका नगर प्रमुख नृप वहादुर ओडले धेरै लगानी लगाएर कार्यक्रम गरीएकाले त्यसको प्रतिफल देखीने गरी काम गर्न सवैमा आग्रह गर्नुभयो। तालीममा सिकेका कुरा ब्यवहारमा उतार्न र समाजमा गएर सवैलाई सिकाउन समेत उहाँले आग्रह गर्नुभयो। 

आजका वालवालीका भोलीका कर्णदार हुने भएकाले आजैवाट उनिहरुलाई सामाजीक उत्तरदायीत्व वहन हुने खालको कार्यक्रममा समावेश गराएर लैजानुपर्नेमा सवै निकायले एक भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो। खेलाडी आफै अनुसासीत र लगनशिल हुने भएकाले पनी  समाजमा नेतृत्व गर्न सक्ने जनशक्ति पैदा गर्न सकिने उहाँले वताउनुभयो। 

कार्यक्रमका वारेमा जानकारी दिदै जिए कार्यक्रमका संयोजक रविन्द्र कार्कीले खेलाडी उत्पादन, उनिहरुको विकास र नेतृत्वदायी विकासमा ठुलो मदत पुगेको वताउनुभयो। खेलाडी मैदानमा आइसकेपछी त्यहाँ हुने ब्यवहार, सुरक्षा, लगायत सिकाइले फेरीफेरी आउन मन लाग्ने वतावरण सिर्जना गराउनु पर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमका सभापती कैलाली जिल्ला फुटवल संघका महासचिव ओम प्याकुरेलले फुटवल संघले मर्सिकोर संग गरेको सहकार्यले फुटवलको क्षेत्रमा स्थानीय स्तरवाट नै परिवर्तन ल्याउन मदत पुगेको वताउनुभयो। उहाँले मर्सिकोरलाई विशेष धन्यवाद दिदै यो सहकार्यलाई अझै दिगो वनाउन चाहेको वताउनुभयो। २ दिन सम्म सञ्चालन भएको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो।