एनआइसी एसिया बैंकको १५ नया चमत्कारिक बचत योजना सार्वजनिक

एनआइसी एसिया बैंकको १५ नया चमत्कारिक बचत योजना सार्वजनिक

धनगढी : एनआईसी एसिया बैंकले १५ वटा नया चमत्कारिक बचत योजना शुरु गरेको छ । बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आज पत्रकार सम्मेलन गर्दै चमत्कारिक बचत योजना सार्वजनिक गरेको हो ।

सुदूरपश्चिमम प्रदेशमा सबैभन्दा धेरै शाखा रहेको सो बैंकले चमत्कारिक बचत योजना अन्र्तगत खुलेका खतामा जम्मा भएको निक्षेपमा साढे ६ प्रतिशत ब्याज दिने जानकारी दिएको छ ।

बैंककको सुदूरपश्चिम प्रदेश र्काालका प्रवन्धक टेकराज भट्टले चमत्कारिक बचत योजना अन्र्तगत चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारि ज्येष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता रहेको बताउनुभयो ।

चमत्कारिक स्वरोजगार बचत खाता संगैं कर्मचारीहरुका लागि चमत्कारिक तलब बचत खाता रहेको समेत भट्टले बताउनुभयो ।

क्षेत्रीय प्रबन्धक भट्टका अनुसार चमत्कारिक योजनामा सहभागीहरुलाई १५ लाख सम्मको दुर्घटना बीमा, १५ लाख सम्मको १८ घातक रोगको उपचार तथा १ लाख ५० हजार सम्मको औषधी उपचार बीमा सुविधा रहेको छ ।

एआईसी एसिया बैंकको सुदूरपश्चिम देशमा १६ टा शाखा रहेका छन । बैंकले १६ शाखा मार्फत ४ अर्ब ७० करोड निक्षेप संकलन गरेको छ भने ५ अर्ब ५० करोड ऋण लगानी गरेको छ ।