डाक्टरहरुलाई संघ मातहत राख्न मा गर्दै आजदेखि डाक्टरहरु आन्दोलित

डाक्टरहरुलाई संघ मातहत राख्न मा गर्दै आजदेखि डाक्टरहरु आन्दोलित

धनगढी : कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सकहरु आइतबार देशभरका अस्पतालमा सबै सेवा ठप्प गर्दै आन्दोलित भएका हुन  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमति विपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका चिकित्सक सहित देश भरीका चिकित्सक आन्दोलनमा उत्रिएका छन ।

डोटी घर भएकी ६५ बर्षिया मैना बिक आफु टाढा बाट आएर पनि उपचार गर्न नपाएको बताउनुभयो । उहाँ जस्ता धेरै बिरामीहरु चिकित्सकको आन्दोलनले गर्दा  उपचार नै नगरी घर फर्कन बाध्य भएका छन । सुदुरपश्चिम प्रदेशको सेती अञ्चल अस्पतालमा उपचार गर्नको लागि आएका बिरामीहरुले डाक्टर नहुदाँ समस्यामा परेको गुनासो गरेका छन । डाक्टरहरुले आफ्ना माग पुरा गर्नको लागि बिरामीहरुको स्वास्थ्य माथि खेलवाड गर्न नहुनेसेवाग्राही हस्त बहादुर कार्कीले बताउनुभयो  ।

यस्तै आफु सेवा लिनको लागि दिनभरी अस्पतालमा बसे पनि डाक्टरहरुले कुनै पनि सेवा नदिएको बिरामीहरुले गुनासो गरेका छन । डाक्टरको बन्द भन्ने खबर आफुले थाहाँ नपाएको नारायण सिं पार्कीले बताउनुभयो । डाक्टरहरुलाई संघ अन्तर्गत राख्नु पर्ने चिकित्सकहरुले माग गरेका छन ।

चिकित्सक संघले डाक्टरको दरबन्दी संघ अन्तर्गत राख्दै आवश्यकता अनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको हो । आफुहरुका मागहरु पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चिकित्सक संघका प्रदेश अध्यक्ष डाक्टर प्रमोद जोशीले बताउनुभयो ।

आफुले आज गरेको बन्द टेलर जस्तो मात्र रहेको जोशीले बताउनुभयो ।आफ्ना मागहरु पुरा नहुदाँ सम्म आफु आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन । तर आफ्ना माग पुरा गर्नको लागि सेवा नै ठप्प गरी आन्दोलन गर्नु जनताको स्वास्थ्य माथि खेलवाड गर्न नहुने सेवाग्राही बताएका छन  ।