दार्चुलामा भारतीय विष्फोटले नेपाली बालकको मृत्यु

दार्चुलामा  भारतीय विष्फोटले नेपाली बालकको मृत्यु

दार्चुला । व्याँस गाउँपालिका-२  तम्बाकुमा एक बालकको भारतीय विष्फोटले मृत्युु भएको छ । भारतको लखिमपुरस्थित चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर वडा नम्बर २ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरन सिह बुढाथोकीले जानकारी दिए ।

ती बालक थि भन्ने ठाउँबाट घरतर्फ फर्किरहेका थिए । वडाध्यक्ष बुढाथोकीका अनुसार आज बिहान १० बजेतिर बुवा हिक्मत महराका साथमा छोरा पवन र छोरी घरतर्फ आइरहेका थिए ।

भारततर्फ गर्ग एण्ड गर्ग कम्पनीले चट्टानी भूभाग फुटाल्न विष्फोट गराउदा घटना घटेको बताइएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा प्रहरी खटि गएको छ ।