धनगढीको मोहना छठीघाट झकिझकाउ पार्दै छठ पूजा सेवा समिति धनगढी (फोटो फिचर)

धनगढीको मोहना छठीघाट झकिझकाउ पार्दै छठ पूजा सेवा समिति धनगढी (फोटो फिचर)

दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ।  

वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ ।

विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजनागर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भूमिका, मानव अनि सूर्यबिचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि ब्याख्या गर्न शायद् सक्दैनन् होला ।

छठ मन्त्र :
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् । 
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।। 
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च । 
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।। 

आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं । 
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।

यसै अवसरमा धनगढीमा पनि धनगढीको मोहना छठीघाट झकिझकाउ पारिदै छ । तस्बिरमा हेर्नुहोस्, श्री छठ पूजा सेवा समिति धनगढी छठको मुख्य दिनमा पूजा तथा कार्यक्रम आयोजना गर्नको लागी मोहना छठीघाट झकिझकाउ पार्दै छ ।

May be an image of ५ people, people standing and outdoors

May be an image of ६ people, people standing and body of water

May be an image of ५ people and body of water

May be an image of १३ people, people standing and outdoors

May be an image of ६ people and body of water

May be an image of ७ people and body of water

May be an image of ४ people, people standing and body of water

May be an image of ६ people, people standing and lake

May be an image of ३ people, people standing and outdoors

May be an image of ७ people, people standing, tree and outdoors

May be an image of २ people, people standing and outdoors

तराई-मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ शुक्रबारबाट विधिवत रुपमा सुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन सम्मा मनाइने छठ पर्वको पहिलो दिन शुक्रबार  ‘नहाय खाय’ विधिसँगै विधिवत रुपमा छठ प्रारम्भ भएको छ । भने दोस्रो दिन भोली दोस्रो दिन ब्रतालुहरु ‘खराना’ मनाउने तयारीमा छन् ।