मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको ज्यान गयो

मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको ज्यान गयो

कैलालीको कैलारी गाउँपालिका–५ मा मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार से६प ५५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई चालक सोही गाउँपालिका ५ पवेरा बस्ने २२ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।