आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

धनगढी । आज तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ।


राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ।

सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ।