सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

धनगढी । सुदूरपश्चिमको लेखगाउँ आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव छ म्याग्नीच्युटको भूकम्प गएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा भूकम्प गएको हो । 

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला स्थित लेखगाउँ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

आसपासका केही ठाउँ चर्किएको खबर आए पनि भूकम्प पछिको क्षतिबारे भने हालसम्म यकिन जानकारी प्राप्त भइसकेको छैन ।