प्रतिबद्धता बमोजिम ५ बर्ष पछि खैराला गाडी लिएर प्रचारमा पुगे सोडारी

प्रतिबद्धता बमोजिम ५ बर्ष पछि खैराला गाडी लिएर प्रचारमा पुगे सोडारी

चौमाला । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७४ मा कैलालीको गर्भा दरबार–खैराला हिडेर प्रचारमा गएका प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घ सोडारी यस पटक चार पांग्रे सवारी लिएर प्रचारमा गएका छन् । 
गत निर्वाचनको प्रचारका क्रममा सोडारीले खैराला सम्म अर्को चुनावमा गाडी पुुगाएर मात्रै प्रचारमा आउने प्रतिवद्धता गरेर फर्किएका थिए । 
विगतमा निर्वाचित जनप्रतिनिधिहरुले आश्वासन मात्रै दिएका थिए सोडारीले यसपटक आफ्नो वचन पुरा गरेका छन् स्थानीय देव बहादुर वोहराले भने’–मन्त्री ज्यू वचनका पक्का हुनुुहुन्छ,।उहाँको जित सुनिश्चीत छ, सबैले भोट उहाँलाई दिने पक्का पक्की गरेका छौं, । 
कैलाली निर्वाचन क्षेत्र नंम्बर ४(१) बाट गत निर्वाचनको बेला सोडारीले चुरे ४ र २ का जनताले अत्याधिक मत दिएर विजय गराएका थिए । 
सोडारीले निर्वाचित पछि चौमाला देखी गर्भा दरबार हुुदै खैराला सडकको ट्रयाक ओपन गरेर स्तरोन्नती गरेका थिए । प्रदेश सरकारको तत्कालिन सामाजिक विकास मन्त्री हुदा सोडारीले बजेट विनियोजन गरेर सडकको स्तरोन्नती भएको थियो । 
चुरेको उत्पादन लाई बजारीकरण गर्न र स्थानीयलाई आवतजावतमा सहज गर्न सडक लाई कालोपत्रे बनाउने योजना रहेको जनतालाई सुनाएका थिए । खैरालामा आयोजीत चुनावी भेला लाई सम्बोधन गर्दै सोडारीले भने मैले ५ बर्ष अघि अर्कोमा गाडीए लिएर प्रचारमा आउने बाचा गरेको थिए त्यो भयो, अव यत्तिले मात्रै हुदैन ।यस सडकको स्तरोन्ती गरी अवको ५ वर्षमा कालोपत्रे गर्ने योजनमा हामी संग छ । 
आफू अरु जस्तो आश्वासन मात्रै बाड्ने मान्छे होइन । काम गरेर देखाउछुु ।  सोडारी अहीले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री छन् । उनी अहिले बाम लोकतान्त्रीक गठबन्धन बाट सोही निर्वाचन क्षेत्रमा प्रदेश सभाको प्रत्यक्ष उम्मेद्वार समेत हुन । सोडारी संगै गठबन्धनकै प्रतिनिधि सभाका साझा उम्मेद्वार विर बहादुर बलाएर समेत खैराला पुुगेका छन्।