धनगढीमा पनि सडक चौडा बनाउन आफै उपस्थित भएर मेयर हमालले चलाए डोजर

धनगढीमा पनि सडक चौडा बनाउन आफै उपस्थित भएर मेयर हमालले चलाए डोजर

धनगढी उप-महानगरपालिकाले पनि धनगढीमा सडक चौडा बनाउन मेन रोडमा डोजर चलाएको छ  ।

नगरपालिकाका मेयर गोपाल हमाल आफै उपस्थित भएर पूर्व सूचना अनुरूप सडक आसपासका संरचना भत्काउन थालेका हुन् । 

सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्तसम्म हटाइसक्न सूचना जारी गरिएको थियो।