‘भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले सार्वजनिक गर्‍यो र्‍याप गीत (भिडियो)

‘भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले सार्वजनिक गर्‍यो र्‍याप गीत (भिडियो)

युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्‍याप गीत ल्याएको हो ।

जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको छ ।

माओवादी केन्द्रको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको गीत रिलिजअघि माओवादी नेताहरुले यसबारे सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका थिए ।